सरकारको कर प्रोत्साहन कार्यक्रम : सक्कली बिल लिनुहोस् १ लाखदेखि १० लाखसम्म जित्नुहोस्

सरकारको कर प्रोत्साहन कार्यक्रम : सक्कली बिल लिनुहोस् १ लाखदेखि १० लाखसम्म जित्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले कर प्रणालीलाई थप पारदर्शी, प्रभावकारी बनाउन र उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।

अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत अब हरेक दिन एक जना नेपाली लखपति बन्ने अवसर पाउनेछन् भने प्रत्येक महिनामा दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ।

योजनामा सहभागी हुन मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिनुपर्ने छ।

नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीको आधिकारिक बिल नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ।

सरकारका अनुसार उपभोक्ताले दैनिक उपभोगका सामग्री खरिद गर्दा वा होटल, रेस्टुरेन्टलगायत विभिन्न सेवाको भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। यसरी प्राप्त हुने बिल नम्बरका आधारमा भाग्यशाली विजेता छनोट गरिनेछ।

हालका लागि योजनाअनुसार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) विजेताको घोषणा गरिनेछ।