जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिए।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए ।

अर्थमन्त्री पौडेलले भने ‘यो कुनै देश विशेषको होइन । पृथ्वीको साझा विषय हो । यो विषयमा संसारभर छलफल भइरहेको र वातावरणको पक्षमा योजना बनिरहेका छन,’ अर्थमन्त्री पौडेलले भने,‘एकातिर विकासको आवश्यकतालाई सम्बोधन गर्नुछ। अर्कोतिर स्वच्छ वातावरणको सुरक्षा गर्नु छ । स्वच्छ वातावरणसहितको विकास प्रत्याभूत गर्नुछ ।’

पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परिरहेको छ । यसले पनि वातावरणमा असर पार्दै गएकाले पनि यसलाई रोक्न लागि परेका छौं ।

सरकारले उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि स्शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरेको छ । साथै सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजान आवश्यक पनि रहेको छ ।