चालू आवमा प्रतिव्यक्ति आय जस्ताको त्यस्तै, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने

चालू आवमा प्रतिव्यक्ति आय जस्ताको त्यस्तै, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३मा प्रतिव्यक्ति आय जस्ताको त्यस्तै रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलरनै कायम भएको हो ।

अघिल्लो आर्थिक वर्षमा पनि प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर नै रहेको थियो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने भएको छ ।गत आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ९९४ अमेरिकी डलर थियो ।

यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ।

उपभोक्ता मूल्यका आधारमा गरिएको उक्त प्रक्षेपणमा वास्तविक मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। उपलब्ध ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो प्रक्षेपण तयार गरिएको हो।