९ सय मेगावाटको अरूण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट र नबिल बैंकले ऋण लगानी गर्ने


काठमाडौं– ९ सय मेगावाट क्षमताको अरुण तेस्रो निर्माण गरिरहेको भारतीय कम्पनी एसजेभिएन (सतलज) लाई तीन बैंकले ऋण दिने भएका छन्।

उक्त परियोजना निर्माण अगाडि बढाउन लगानी जुटाउन समस्या भइरहेका बेला शनिबार सम्पन्न तेस्रो लगानी सम्मेलनमा स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने प्रतिवद्धता जनाएका हुन्।

सतलजले पछिल्लो पटक निर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउने (फाइनान्सियल क्लोजर) को समय जुनसम्मको पाएको थियो ।

अरुण तेस्रो सम्पन्न गर्न ११ हजार २ सय २८.८५ करोड लागत लाग्ने अनुमान छ। नेपाल सरकार सतलजबीच सन् २०१४ मा आयोजना विकास सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement