बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, वेपत्ता खोज्न गोताखोर पर्खदै प्रहरी


विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् ।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको ६ जना सवार जीप खोज्न समस्या भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमति र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक राईका अनुसार घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी गर्न सक्ने अवस्था छैन् । ‘ कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको देखिन्छ’, घटनास्थलमा रहेका राईले भने, ‘यहाँबाट खोज्न सक्ने अवस्था छैन्, माथिबाट गोताखोरको टोली मगाएका छौं ।’ मौसम खराबीका कारण गोताखोरको टोली आउन पनि समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement