नक्कली प्रमाणपत्र पेश गरेर डिएसपीसम्म बढुवा, यसरी खुल्याे पाेल


काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव उपरीक्षक (डिएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

शाहले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डिएसपीसम्म बढुवा भएको पुष्टी भएसँगैआयोगले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।

शाहले परीक्षा नै दिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा बढुवा भई जागिर खाइरहेको भन्ने सूचना आयोगले पाएको थियो ।

सोही सूचनाका आधारमा अनुसन्धान गर्दा शाहले मगध विश्वविद्यालय, बोधगया भारतअन्तर्गतको बिडी इभिनिङ कलेज पटना–१ बाट बिए तहको झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाएको आयोगले जनाएको छ ।

उनले ती प्रमाणपत्र बुझाई इन्स्पेक्टर र डिएसपीसम्म बढुवा भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement