विपीन जोशीको रिहाइका लागि नेपालले कतारलाई पुनः गर्‍यो अनुरोध

विपीन जोशीको रिहाइका लागि नेपालले कतारलाई पुनः गर्‍यो अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली लडाकु समूह हमासको कब्जामा रहेको भनिएको नेपाली नागरिक विपीन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन नेपालले कतारलाई फेरि अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन्।

सगरमाथा संवादमा सहभागी हुन काठमाण्डु आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले यो अनुरोध गरेकस् हुन्। भेटमा हमासको अपहरणमा परेका जोशीको अवस्थाबारे कुराकानी भएको थियो।

मन्त्री राणाले जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरेको प्रयासप्रति धन्यवाद दिँदै यो विषयमा निरन्तर पहल गर्न र जोशीको रिहाइका लागि थप प्रयास गर्न अनुरोध गरिन्।

यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री र इजरायल–हमास शान्ति वार्ताका मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि बारम्बार अनुरोध गरेकी थिइन् ।

सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइ र नेपाल फिर्तीका लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग अनुरोध गर्दै आएकी छन्।