परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग साेमबार साँझ भेट गर्ने

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग साेमबार साँझ भेट गर्ने


काठमाण्डु– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय तय भएको छ । आइतबार भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री देउवाले मोदीलाई भेट्ने तय भएको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले भदौ ६ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएकी हुन् ।

भ्रमणका क्रममा मोदीसँग ३ गते सोमबार साँझ ७:३० बजे भेट गर्ने तय भएको परराष्ट्रमन्त्री निकट स्राेतले बतायाे । भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम भने यसअघि नै तय भइसकेको थियो ।

मन्त्रालयले भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुनेछ ।

मन्त्री राणाको भ्रमणको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै भारतको विदेश मन्त्रालयले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको थियो ।

विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र भएको उल्लेख छ । ‘भारतको छिमेक पहिलो नीति अन्तर्गत नेपाल प्राथमिक साझेदार हो‘ विज्ञप्तीमा भनिएको छ,‘परराष्ट्रमन्त्री राणाको आसन्न भ्रमणले द्विपक्षीय सहयोगमा भएका प्रगतिबार छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत पुग्नेछ ।’