डीआईजी डा. आशा सिंह एआईजीमा बढुवा


काठमाडौं – सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले डीआईजी डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएपछि बढुवा विवादमा परेको थियो । डीआईजी सिंह दोस्रो वरियतामा पर्छिन् ।

डीआईजी हुँदा एक नम्बर वरियतामा रहेका डा. मीनराज पाठकले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका थिए । उनले आफूमाथि अन्याय भएको भन्दै लोक सेवा आयोगमा बढुवा सिफारिस बदर गर्न पनि माग गरे पनि लोकसेवाले सदर गरेको थियो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिईन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement