काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले आवश्यक परे दुई देशको सहमतिमा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी हुन् ।
राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको उनको भनाइ थियो । ‘सीमावर्ती क्षेत्रमा ‘वाल’ लगाउनुपरे ‘वाल’ नत्र भने काँडेतार भए पनि लगाइयोस्’ उनले भनिन्, ‘यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ ।’
सत्यतथ्य छानबिन गरी आवश्यक कुटनीतिक पहलमार्फत सीमा विवाद समाधानको काम अगाडि बढाउन सरकारसँग उनले माग गरिन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानको सवाल मुलुकको राष्ट्रिय स्वाधिनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएकामा उनले जोड दिइन् ।




प्रतिक्रिया