काठमाण्डु– प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
बुधबार काठमाण्डु आइपुगेका सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरे ।
भ्रमणका क्रममा सिग्देलले चिनियाँ रक्षामन्त्रीसहित उच्च सैनिक अधिकारीहरूसँग भेट गरेका थिए । चीनको सैन्य संरचना, तालिम तथा सैनिक शिक्षासम्बन्धी गतिविधिबारे जानकारी लिन उनले विभिन्न सैनिक संस्था र एकाइको निरीक्षणसमेत गरेका थिए ।
सिग्देलले चीनमा रहँदा त्यहाँको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायतका सैनिक तालिम तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए ।
उनी बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान फोरममा सहभागी भए ।
प्रधान सेनापतिको चीन भ्रमणले दुई देशबीच कायम मैत्रीपूर्ण सम्बन्धसँगै आपसी सैनिक सहकार्यलाई थप मजबुत बनाउन योगदान पुगेको नेपाली सेनाले जनाएको छ ।




प्रतिक्रिया