शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठाउंदै डिआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी


काठमाण्डु – नेपाल प्रहरीका डीआईजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ । सिंहसंग रहेको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको दावीसहित अख्तियारमा बुधवार लिखित उजुरी परेको हो ।

काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले डीआइजी सिहंविरुद्ध अख्तियारमा दर्ता गरेको उजुरीमा सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा भारतीय कलेजमा पढेको भनिएपनि त्यहाँ पढ्दै नपढी आइएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएको छ ।

उनि हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । सिंह उक्त उजुरीपछि काठमाण्डौं आएका छन् । सिंहमाथि नागरिकता सच्याएको आरोप समेत छ ।

सिंहलाई तत्कालिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियता र कार्यसम्पादनमा पछि हुंदा हुंदै डिआईजी बढुवा गर्दा तीन नम्बरमा बढुवा गरेको थियो । उनि अहिलेका आईजिपी धिरजप्रताप सिंहपछि आईजीपी बन्ने दौडमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सिंहलाई अघि बढाउन महानिरीक्षक धिरजप्रतापलाई भनिसकेको स्रोत बताउंछ । उनका भाई विनोद सिंह गृहसचिव छन् भने उनको दाहालको पारिवारिक सदस्यहरुसंग सुमधुर सम्बन्ध छ । तर,महानिरीक्षक सिंह भने उनलाई एआईजी बढुवामा पहिलो नम्बरमा नबनाउने पक्षमा रहेको स्रोत बताउंछ ।

नेपाल प्रहरीमा अहिले एआईजीको संख्या रिक्त भएपनि बढुवा अघि बढ्न सकेको छैन् । हालका महानिरीक्षक सिंह आगामी चैतमा अनिवार्य अवकासमा जांदैछन् । उनि अवकासमा गएसंगै डिआईजी सिंहकै ब्याचबाट एकजना आईजीपी हुने निश्चित छ । सिंह बढुवाको लाविङमा लागेको बेला उनको शैक्षिक योग्यता र उमेरको विवाद आएको हो ।

प्रहरीमा उनिभन्दा अघि डिआईजी बसन्त कुंवर र टेकप्रसाद राई छन् । प्रहरी महानिरीक्षकका लागि भने श्याम ज्ञवाली, दिपक थापा र किरण बज्राचार्यलगायत प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement