नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि डिआईजी सिंहले दिए पदबाट राजीनामा


काठमाण्डु-  नेपाल प्रहरीका डिआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षकको दौडमा रहेका सिंहको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि उनले बुधवार पदबाट राजीनामा दिएका हुन् ।

सिंह प्रहरीमा विवादित अधिकृतका रुपमा चिनिन्थे । उनलाई तत्कालिन सरकारले कार्यसम्पादन र वरियतामा पछि हुंदा हुंदै पनि डिआईजीमा बढुवा हुंदा तीन नम्बरमा बढुवा गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका साला भुषण राणाको जोडबलमा उनलाई आईजीपी बनाउने गरी अघि ल्याइएको भएपनि नयां सरकार बनेसंगै उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत देखिएको भन्दै उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement