असई अनिता चौधरी प्रदेश १ प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित


विराटनगर – प्रहरी सहायक निरीक्षक (असई) अनिता चौधरी एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

असई चौधरीलाई उनको कामको कदर गर्दै एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले जेठ महिनाको बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । असई चौधरीले प्रहरी जवान आधारभूत तालिम ४–१३८ औं समूहमा प्रशिक्षकको रुपमा खटि उक्त समूहमा प्रशिक्षणरत ठूलो संख्यामा रहेको महिला प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षण व्यवस्थापनमा विशेष योगदान पु¥याएकी छन् ।

एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले तालिम केन्द्र भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement