यू–१९ एसिया कप :अफगानिस्तानलाई नेपालले दियो १३२ रनको लक्ष्य


काठमाडौं – बंगलादेशमा जारी यू–१९ एसिया कपमा नेपालले अहिले अफगानिस्तानको सामना गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ । ३८.२ ओभरमा अलआउट हुँदै नेपालले १३१ रन बनाएको छ ।

खराब सुरुवात गरेको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । रसिद खानले भने ३० र मोहमद आहिफ शेखले २० बनाएका छन् । त्यस्तै रीत गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । शनिबार पहिलो खेलमा भातरसँग १७१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement