एसिया कप : छनोटमा नेपालले ओमनलाई दियो २ सय २२ रनको लक्ष्य


काठमाडौं – एसिया कप अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो । ओपनिङमा सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा आउट भए । त्यसपछि पारस खड्का ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो ।

पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुँदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौँ विकेट गुमायो ।

त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता खोल्न पाएनन् । नेपालका लागि सागर पुनले सर्वा्धिक ८३ रनको योगदान दिए। त्यस्तै ज्ञानेन्द्र मल्लले ४५ तथा आरिफ शेखले ३६ रनको योगदान दिए। करण केसी २ छक्कासहित १० बलमा २६ रन बनाएर नटआउट रहे।

कप्तान पारस खड्काको ब्याटीङ राम्रो हुन सकेन। २४ बल खेलेर उनले ८ रन मात्र जोड्न सफल भए। प्रतियोगिताका ६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ। एसिया कपको समूह ’ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह ’बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement