एशिया कप खेलेर नेपाली टोली फर्कियो

एशिया कप खेलेर नेपाली टोली फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एशियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली हिजो बेलुका स्वदेश फर्किएको हो । एशिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत हासिल गरेको थियो ।

नेपालले मङ्गलवार अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एशिया कपबाट बाहिरिएको हो ।