एसिया कप छनौट अव भदौ दोस्रो साता मलेसियामा


काठमाडौं– एसिसी एसिया कप छनोट प्रतियोगिता मलेसियामा हुने भएको छ। यसअघि भारतमा हुने भनिएको प्रतियोगिता अब मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल ( एसिसी) ले जनाएको छ। प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिसीले जनाएको हो।

६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ।

छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

एसिया कपको समूहमा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। शीर्ष २ टिम सुपर–४ मा पुग्नेछन्। सुपर–४ मा शीर्ष २ टिमबीच फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement