एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – करातेका तेन्जिङ शेर्पाले २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन् ।

तेन्जिङले तोयोहाशी जिम्नेजियममा बुधबार भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक जितेका हुन् ।

तेन्जिङले १ इप्पोनसहित ९ स्कोर गरेका थिए । तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारेका थिए । जापानको नागोयामा भइरहेको २० औं एसियाली खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।