कस्मिरमा खटिएका सेनाका लागि भारतले किन्यो अमेरिकी शक्तिशाली राइफल


एजेन्सी – भारतले अमेरिकामा निर्मित सिग सावर एसल्ट राइफल किनेको छ । भारतीय सेनाले प्रयोग गर्दै आएको इन्सास राइफल कस्मिरमा आतंकवादीहरुसँग लड्न उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला भारतले अमेरिकी सिग सावर एसल्ट राइफल किनेको हो ।

भारतले अमेरिकाबाट ७२ हजार सिग ७१६ राइफल किन्न ७ सय करोड भारतीय रुपैयाँको सम्झौता गरिसकेको छ । जसको पहिलो खेपबापत १० हजार राइफल भारतीय सेनालाई आपूर्ति गरिसकिएको छ ।

अमेरिकामा निर्मित नयाँ राइफल एक वर्षभित्र द्रूत प्रक्रियामार्फत भारतीय सेनालाई आपूर्ति गरिसकिने जनाइएको छ । ७२ हजारमध्ये ६६ हजार भारतीय सेना, २ हजार नौसेना र ४ हजार वायुसेनालाई दिइने छ ।

भारतमै बनेको इन्सास राइफलको ५.५६ह४५ एमएमको गोली भन्दा सिग ७१६ राइफलको गोली ७.६२ह४५ बढी शक्तिशाली मानिन्छ । यसबाहेक भारतले रुससँग मिलेर भारतमै ७ लाख वटा एके–२०३ एसल्ट राइफल बनाउने सम्झौता पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement