अस्थिरता निम्ताउन खोज्ने कसैलाई छाड्दिनः गृहमन्त्री थापा


काठमाडौं-  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा अस्थिरता निम्ताउन खोज्ने कसैलाई नछाड्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकमा गृहमन्त्री थापाले मुलुकमा बढ्दै गईरहेको अराजकतालाई ध्यानमा राख्दै अस्थिरता निम्ताउन खोज्ने कसैलाई नछाड्ने बताएका हुन् ।

उनले यस कामको लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।  शान्ति सुरक्षाको सुनिश्चिता पहिलो सर्त भएको बताउँदै उनले भने, ‘जनताले अनुभूति गर्ने गरी सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउनुस् ।  ‘

मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने तत्वको गतिविधि नियन्त्रण गरी सुरक्षा व्यवस्था कायम गर्न कुनै सम्झौता नगर्न पनि गृहमन्त्री थापाले सुरक्षा प्रमुहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement