एटीएम मशिन फोड्न खोज्ने युवक पक्राउ


पोखरा – प्रहरीले एटीएम मशिन फोड्न खोज्ने युवकलाई पक्राउ गरेको छ ।

भारतको बिहार प्रदेश मोतिहारी जिल्लाको ढांका बजार घर भई कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँबजारमा शैलुन सञ्चालन गर्ने बबीले बुधबार राति पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित नबिल बैंकको एटीएम मशिन तोडफोड गर्दैगर्दा पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

‘ढोकाको लकर फोडेर मशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो,’ उनले भने । उनको साथबाट एटीएम फोड्न प्रयोग भएको फलामको रड, पेचकस, कपाल काट्ने कैंची र ढुंगा १/१ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement