थापाथलीमा खुल्यो सीजी मोटर्सको ‘आयोन’ शोरुम

थापाथलीमा खुल्यो सीजी मोटर्सको ‘आयोन’ शोरुम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालका लागि चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले काठमाण्डुको थापाथलीस्थित आफ्नो ‘आयोन’ (AION) शोरुमलाई अत्याधुनिक स्वरूपमा पुनः सञ्चालनमा ल्याएको छ।

नयाँ अनुभव (Renewed Experience) को विशेष अवधारणासहित परिमार्जन गरिएको यस शोरुमको सोमबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको हो। अन्तर्राष्ट्रिय स्तरको प्रविधि, प्रिमियम इन्टेरियर र आधुनिक डिजाइनलाई केन्द्रमा राखेर आयोन ब्रान्डका पछिल्ला अत्याधुनिक इलेक्ट्रिक गाडीहरू समेत सार्वजनिक गरिएको छ।

सञ्चालनमा आएको उद्घाटन कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, व्यवसायी, अटोमोबाइल विज्ञ तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

कम्पनीका अनुसार यो नयाँ शोरुम केवल गाडी बिक्री गर्ने केन्द्र मात्र नभएर ग्राहकलाई विश्वस्तरीय लक्जरियस अनुभव, आधुनिक ईभी प्रविधिको परामर्श र गुणस्तरीय सेवा दिने केन्द्रका रूपमा विकास गरिएको हो। साथै इन्टेरियरदेखि डिस्प्ले प्रणालीसम्मलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गरिएको छ।

नयाँ स्वरूपमा आएको यो शोरुमले नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडीप्रतिको आकर्षण, उपभोक्ताको विश्वास र प्रिमियम अनुभवलाई थप उचाइमा पुर्‍याउने सीजी मोटर्सको भनाइ छ।