सैन्य हतियारमा भारत र पाकिस्तान कुन शक्तिशाली ?


नयाँ दिल्ली – पछिल्लो समयमा भारत र पाकिस्तानबीच तनावको अवस्था पैदा भएको थियो । यस किसिमको तनावबीच युद्ध हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

पाकिस्तानले पनि यदी भारतसँग युद्ध भएमा हार्न सकिने विषयलाई स्वीकार गरिसकेको छ । तर पनि यो अवस्था पारम्परिक युद्धमा मात्रै हो । परमाणु युद्ध भएमा दुवै देशको वर्वादी निश्चित छ । आउनुहोस् जानौ युद्ध भइहालेमा को कति शक्तिशाली छन् ?

इन्टरनेशनल इन्सटिच्यूट फर स्ट्राटेजिक स्टडीज (आईआईएसएस) का अनुसार भारतले २०१८ मा सेनालाई ४ लाख करोड भारु विनियोजन गरेको थियो । यो बजेट देशको जीडीपीको २.१ प्रतिशत हो । सोही वर्ष पाकिस्तनले ६५हजार करोड भारु छुट्टाएको थियो । यो पाकिस्तानको जीडीपीको करिब ३।६ प्रतिशत हो ।

जीडीपीको आधारमा पाकिस्तानको खर्च भारतको भन्दा बढी रहेको छ । पाकिस्तान सरकारको कुल खर्चम करिब ५० प्रतिशत हिस्सा सेना तथा ऋण चुक्ता गर्नमै गइरहेको छ ।

रिपोर्टका अनुसार पाकिस्ताको विदेशी मुद्रा भण्डारमा करिक ५७ हजार ७०० करोड भारु मात्रै रहेको छ । त्यसैले ऋण दिने अन्तर्राष्ट्रिय बैंकले पाकिस्तानलाई उसको रक्षा खर्च कटौतीका लागि आह्वान गर्दै आएको छ ।

कोसँग कति सेना ?

सक्रिय सेना भारतसँग १३.६२ लाख रहेको छ भने पाकिस्तानसँग ६.५४ लाख रहेको छ । कम्ब्याट ट्यांक भारतसँग ४१८४ रहेको छ भने पाकिस्तानसँग २२०० रहेको छ ।

तोप भारतसँग ४१६० रहेको छ भने पाकिस्तानसँग १६५५ रहेको छ । रकेट लन्चर्स भारतसँग २६६ रहेको छ भने पाकिस्तानसँग १५० रहेको छ ।

हावामा को कति शक्तिशाली ?

भारतसँग कुल एयरक्राफ्ट २०८२ रहेको छ भने पाकिस्तानसँग १३४२ रहेको छ । यसैगरी लडाकु विमान भारतसँग ५२० रहेको छ भने पाकिस्तानसँग ३४८ मात्रै छ । आक्रमणकारी विमानको संख्यामा पनि भारतनै अगाडि रहेको छ । आक्रमणकारी विमान भारतसँग ६९४ छ भने पाकिस्तानसँग ४३८ रहेको छ ।

टान्सपोर्ट एयरक्राफ्ट भारतसँग २४८ र पाकिस्तानसँग ५१ छ । ट्रेनर एयरक्राफ्ट भारतसँग ३६ पाकिस्तानसँग ४९ छ । हेलिकप्टर भारतसँग ६९२ र पाकिस्तानसँग ३२२ छ ।

लडाकु हेलिकप्टर भारतसँग १७ र पाकिस्तानसँग ५५ रहेको छ । भारतको मिग–२१ विमान रिटायरको चरणमा रहेको छ । यद्यपि भारतसँग अपाचे हेलिकप्टर र राफेल हुने भएकाले भारतको हवार्ई सक्ति बढ्ने देखिन्छ ।

जल सेनामा को कति शक्तिशाली ?
भारत                                         पाकिस्तान
कुल नेभल सम्पत्ति      २९५                                               १९७
एयरक्राफ्ट क्यारियर    १                                                     ०
फ्रिगेट्स                     १३                                                    ०९
डिस्ट्रोयर                    ११                                                      ०
कारभेट्स                   २२                                                       ०
पनडुब्बी                       १६                                                     ५
निगरानी जहाज             १३९                                                   ११
बारुदी सुरुङ नासक      १                                                       ३

परमाणु शक्तिमा को कति अगाडि ?

भारत र पाकिस्तान दुवैसँग ब्यालेस्टिक मिसाइल छ, जसले परमाणु हमला गर्न सक्छन ।

भारतसँग ९ किसिमका मिसाइल छ । यसमा एक अग्नी– ३ हो । यसको मारक क्षमता ३ हजार किमीदेखि ५ हजार किमीसम्म रहेको छ । यसका अतिरिक्त भारतसँग सुपर सोनिक मिसाइल ब्रह्मोस, पृथ्वी ब्यालेस्टिक मिसाइल पनि रहेका छन् । यसले परमाणु हमला गर्न सक्छ ।

यसैगरी पाकिस्तानको मिसाइलको क्षमता २ हजार किमीका रहेको छ । भारतसँग १३०–१४० परमाणु बम रहेको छ भने पाकिस्तानसँग १४०–१५० परमाणु बम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement