अफगानी नागरिकको गैर कानुनी हत्या गरेको आरोपमा २५ अस्ट्रेलियन सैनिकमाथि मुद्दा चल्ने


एजेन्सी – ३९ जना अफगानी नागरिकको गैर कानुनी हत्या गरेको आरोपमा अस्ट्रेलियन डिफेन्स फोर्स(एडीएफ)का सैनिकमाथी मुद्दा चल्ने भएको छ । अस्ट्रेलियाले घटनामा संलग्न सबै सैनिकामाथि मुद्दा चल्ने भन्दै उसले अफगानी नागरिकसंग माफी समेत मागेको छ। हाल अफगानिस्तान ४ सय अस्ट्रेलियाली सैनिक कार्यरत रहेका छन्।

अस्ट्रेलियाली सेना २००९ देखी अफगानस्तानमा परिचालन भएको थियो । ओसामा बिन लादेन नेतृत्वको अलकायदा तथा तालिवान सरकारका विरूद्ध अमेरिकाले फौंज परिचान गरेसंगै अस्ट्रेलिया समेत उक्त युद्धमा समर्थन गर्दै सहभागी भएको थियो । अफगान युद्धमा सर्वसाधरणको विना कारण हत्या भएको भन्दै अस्ट्रेलियाको आलोचना भएपछि छानविन समिति बनेको थियो ।

अफगानस्तानमा युद्धका क्रममा हत्या गरिएका नागरिक अधिकांश किसान र कैदी थिए । उनिहरुलाई नक्कली मुठभेड बनाएर तल्लो तहका सैनिकलाई गोली हान्न लगाईएको छानविनबाट खुलेको छ ।

एडिएफले मेजर जनरल (न्यायाधीश) पल ब्रेरेटनको संयोजकत्वमा छानविन समिति बनाएको थियो । उक्त समितिले चार वर्ष लगाएर त्यसको जांच गरेको थियो । यस क्रममा चार सय जनाभन्दा बढी प्रत्यक्षदर्शीको बयान समेत रेकर्ड गरिएको थियो ।
चार बर्ष लामो जांच सार्वजनिक गर्दै मेजर जनरल ब्रेरेटनलेसबै हत्यामा सैनिकहरूले नियतवशः गैरकानुनी हत्या गरेको देखाएको जनाएका छन् ।

 ३९  जना अफगान नागरीकको हत्या ४ वर्षको दौरानमा भएको उल्लेख उनले गरेका छन् । उक्त घटनामा २५ अस्ट्रेलियन सैनिकको संलग्नता पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement