अस्ट्रेलियामा जनावरलाई खुवाउन आकाशबाट झारियो खानेकुरा


क्यानबेरा – अस्ट्रेलियामा आगो अझै पनि पुरै रुपमा नियन्त्रणमा आइसकेको छैन । यद्यपि केही क्षेत्रमा भने आगोलाई पुरै नियन्त्रण गरिसकिएको छ भने नयाँ बिरुवाहरु पनि उम्रिन थालेका छन् । त्यहाँका अग्नी नियन्त्रकहरु जनावरलाई बचाउनतर्फ लागेका छन् ।

डेली मेलका अनुसार अस्ट्रेलियाको आगोमा १ अर्ब भन्दा बढी जनावरको मृत्यू भएको छ । यसै कारणले आगोबाट बाच्न सफल जनावर पनि खानेकुराको अभावका कारण संकटमा परेका छन् ।

त्यसैले जिवित जनवारलाई बचाउनका लागि अस्ट्रेलियाको न्यू साउथ वेल्स सरकारले आकाशबाट खानेकुरा झारेर जनावरलाई बचाउने प्रयास थालेको छ । सरकारले यो उद्देश्यका लागि लगातार गाजर र सखरखण्ड जस्ता खानेकुरा हेलिकप्टरबाट जंगलमा झार्न थालेका छन् ।

न्यू साउथ वेल्स पार्क सर्भिसले हालसम्म २ हजार २०० किलो तरकारी जनवारका लागि जंगलमा झारिसकेको छ । न्यू साउथ वेल्सका पर्यावरण मन्त्री म्याट कीनले डेली मेललाई भनेका छन्, “जनावर आगोबाट बच्न सफल भएपनि उनीहरुलाई खानेकुराको स्रोतको अभाव रहेको छ ।”

उनले भने, “वालाबीज आगोबाट बचेका छन् तर उनीहरुलाई खानका लागि केही छैन । किनकी आगोले जलेर सबै खानको स्रोत समाप्त भएको छ,” उनले थपे, “वालाबीज पहिलेदेखिनै समस्यमा परेका थिए । किनकी याहाँ सुख्खा अवस्था पैदा भएको थियो । यसले उनीहरुलाई जिउदो रहनका लागि मुश्किल भएको थियो ।”

प्रतिक्रिया दिनुहोस
Advertisement