चीनलाई अष्ट्रेलियाको चेतावनीः ‘घृणित’ तस्वीर सेयर गर्न लाज लाग्नुपर्ने


एजेन्सी – अष्ट्रेलियाले चीनलाई आधिकारिक ट्विटर अकाउण्टमा नक्कली तस्वीर राखेकोमा माफी माग्न आग्रह गरेको छ । उक्त तस्बीरमा अष्ट्रेलियाली सिपाहीले एक अफगान बालकको हत्या गरेको देख्न सकिन्छ ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘घृणित’ तस्वीर सेयर गर्न चीनलाई लाज लाग्नुपर्ने बताएका छन् । यक्त तस्बीर केहि अष्ट्रेलियाली सैनिकहरुको कथित युद्ध अपराधसंग जोडिएको छ ।

यस महिनाको सुरुमा एक रिपोर्टमा २००९ र २०१३ को बीचमा २५ जना अष्ट्रेलियाली सैनिकहरू ३९ जना अफगान नागरिक र कैदीहरूको हत्यामा संलग्न रहेको बताइएको छ ।

अस्ट्रेलिया डिफेन्स फोर्स (एडीएफ) अनुसन्धानको निष्कर्षको कडा आलोचना भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले एउटा फोटो पोस्ट गरेका छन् । जसमा एक अष्ट्रेलियाली सैनिक रगतमा दाग भएको बच्चाको छेउमा बसिरहेको देखाइएको छ ।

ट्वीटमा लेखिएको छ, ‘अष्ट्रेलियाका सैनिकहरू अफगानी नागरिक र कैदीहरूको हत्याबाट स्तब्ध छन् । हामी त्यस्ता कार्यहरूको कडा शब्दमा निन्दा गर्दछौं र उनीहरूको जवाफदेहीता निश्चित गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement