इन्डोनेसियाले गर्यो अस्ट्रेलियालाई ८ कन्टेनर फोहर फर्काउने घोषणा


एजेन्सी –इन्डोनेसियाले आठ कन्टेनर फोहर अस्ट्रेलिया फर्काउने घोषणा गरेको छ ।

ब्रिसबेनबाट जुन महिनाको मध्यमा कन्टेनर इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा आइपुगेको थियो ।

त्यसमा रिसाइकल गर्न योग्य कागजजन्य फोहर मात्र भएको मानिएको थियो तर निरीक्षकहरूले त्यसमा घरेलु र विद्युतीय फोहर, तेल, प्लास्टिक बोतल र डायपर पनि भेटाएका थिए ।

इन्डोनेसियाको कानूनअनुसार संक्रमण गराउने तत्त्व भएका कन्टेनर जहाज जहाँबाट आएको हो त्यहीँ फर्काउनुपर्छ ।

अस्ट्रेलियाबाट आएको फोहर रिसाइकल गर्न नमिल्ने गरी संक्रमित भएको मानिएको छ । एक अधिकारीले कागजको काम सकिनेबित्तिकै फोहर अस्ट्रेलिया फर्काइने बताएका छन् ।

पश्चिमी मुलुकले दक्षिणपूर्वी एसियाका देशमा फोहर फाल्ने प्रवृत्तिलाई अहिले ती देशहरूले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement