काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ ।
छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ ।
अष्ट्रेलियामा विश्वको युरेनियम स्रोतको लगभग २८ प्रतिशत रहेको जनाइएको छ तर कानुनी अवरोध र राजनीतिक संवेदनशीलताका कारणले भारतमा निर्यातमा बाधा पुगेको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँगको वार्ता पछि आणविक ऊर्जा सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका हुन् ।
यसले अष्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तीको उद्देश्यहरूलाई गति दिने जनाइएको छ ।
दुई देशले संयुक्त विज्ञप्ति जारी गर्दै यसले शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन् । सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्ने छ ।
सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाइ जीवाश्म रहित इन्धनको क्षमता बढाउने अष्टेयिाली प्रधानमन्त्री अल्बनिजले पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् ।
प्रधानमन्त्री अल्बानिजले बिहीबार मोदीको नेतृत्वको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गरेको बताएका छन् ।
मेलबर्नको एक स्टेडियममा भव्य कार्यक्रमको बीचमा प्रधानमन्त्री मोदीलाई रक–स्टार सम्मान गर्ने तयारी गरिएको जनाइएको छ भने अष्ट्रेलिया पछि उनी न्युजिल्यान्ड जाने कार्यक्रम रहेको जनाइएको छ ।




प्रतिक्रिया