खाना तताएर खादा यी कुरामा ध्यान दिनुहोस्, जसले स्वास्थ्यमा कुनै असर गर्दैन

खाना तताएर खादा यी कुरामा ध्यान दिनुहोस्, जसले स्वास्थ्यमा कुनै असर गर्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु पर्यो भने तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् ।

खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।

कुनैपनि पकाएको खानेकुरा लामो समयसम्म राख्दा त्यसमा सुक्ष्म जीवाणुहरु सक्रिय हुन थाल्छ । त्यसमा ढुसी, ब्याक्टेरिया र अन्य हानिकारक सूक्ष्म जीवहरू सक्रिय हुन थाल्छन् ।

पालक,सलगम, अण्डा, मसरुम, चिकेन र आलुलाई पुनः तताएर खान वर्जित गरिएको छ । यी खानेकुरा तताउँदा खाना विषसरह बन्ने बताइन्छ । चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ जसले फूट प्वाइजनिङ, पखाला, वान्ता भएर अस्पतालनै जानपर्ने हुन सक्छ । यस्तो खाना खाँदा खाना पचाउन कठिन हुन्छ । त्यही कारण पेट दुख्ने, कब्जियत र एसिडिटीरअम्लियपना (ग्यास्ट्राईटिस) को समस्या हुन सक्छ ।

के गर्ने के नगर्ने ?
–खाना बाहिर धेरै बेर नराख्नुहोस्।

–कोठाको तापक्रममा दुईदेखि चार घण्टाभन्दा लामो समय खानेकुरा नराख्नुहोस्।

–भात एक घण्टाभन्दा बढी समय राख्दै नराख्नुहोस् किनभने ब्यासिलस सेरियस नामक जीवाणु छिटो फैलिन्छ। भात २४ घण्टाभित्र तताएर खानुहोस् ।

–घरमा पकाइएका खानेकुरा फ्रिजमा लामो समय नराख्नुहोस्, बचेको वा बाँकी रहेको खाना २४ देखि ४८ घण्टाभित्र खाइ सक्नुहोस् वा खानु छैन भने त्यसलाई रेफ्रिजिरेटरमा राख्नुहोस्।

–फ्रिजमा जमेर बसेको कुखुराको मासुको बरफ नपग्लिँदासम्म तातो पानीमा नराख्नुहोस्, कुखुरामा पाइने क्याम्पिलोब्याक्टर नामक ब्याक्टेरियाले पेटको गम्भीर समस्या निम्त्याउन सक्छ जसले बान्ता हुने पेट दुख्ने फूड पोइजन हुने सम्भावना धेरै हुन्छ ।

–पुनः तताउनुभन्दा अगाडि खानेकुरालाई फ्रिजमा राख्नुहोस्, खानालाई ५ डिग्री सेल्सिअस वा त्योभन्दा कम तापक्रममा राख्दा त्यसबाट हानिकारक रोगजन्य किटाणुहरूको वृद्धि सीमित हुन्छ ।

– खाना फ्रिजमा राख्नुभन्दा अगाडि खानालाई चिसो हुन दिनुहोस् ।

– जमेको खानेकुरालाई पुनस् तताउनुअघि राम्ररी पग्लिन दिनुहोस् ।

– पूरै तातेर बाफ नआउँदासम्म खानेकुरा तताइरहनुहोस् ।