एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर


काठमाण्डु- आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् ।

नयाँ वरियतामा भारतका ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै आजम पहिलो स्थानमा उक्लिएका हुन् । वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा छन् ।

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement