बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व प्रसिद्ध ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन्। आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

आईसीसीको वान डे ब्याटिङ सूचीमा पहिलो नम्बरमा रहेका आजमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दै छु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु। टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।’

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने बताएका छन् । उनले लेखेका छन्, ‘तपाईंको समर्थन र ममाथिको विश्वासका लागि म आभारी छु। तपाईंको उत्साह मेरा लागि केही अर्थ छ। हामीले मिलेर जे हासिल गर्‍यौँ, त्यसमा म गर्व गर्छु र एक खेलाडीका रूपमा टोलीमा योगदान जारी राख्न तत्पर छु।