पाकिस्तानका बाबरले क्रिकेट कप्तानीबाट दिए राजीनामा


काठमाण्डु- पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टीमको कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन् ।

‘यो कठीन निर्णय हो तर यसको लागि सही समय यही हो ।’, उनले लेखेका छन् । उनले कप्तानीबाट राजीनामा दिए पनि पाकिस्तानको क्रिकेटरको रुपमा सक्रिय रहने उल्लेख गरेका छन् ।

उनले चार वर्ष पाकिस्तान क्रिकेट टीमकाे कप्तानी सम्हालेका थिए । उनलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बाेर्डले क्याप्टेन नियुक्त गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement