‘कालीमाटीको डीएसपी हुँ’ भन्दै आफ्नै दाजुलाई धम्क्याउने बब्लु झा पक्राउ


काठमाण्डु – प्रहरीले कालीमाटी वृत्तको डीएसपी भनेर आफ्नै दाईलाई धम्क्याउने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झालाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी अपिलराज बोहोराले झाले १३ कात्तिकमा बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई धम्क्याएको जानकारी दिए ।

‘कालीमाटी वृत्तको डीएसपी बोलेको’ भन्दै फोनमार्फत बब्लुले चन्दुलाई धम्क्याएका थिए । चन्दु बब्लुको आफ्नै भाइ हुन् ।

आर्थिक लेनदेनको विषयमा बब्लुले भाइ चन्दुलाई पटक–पटक अपरिचित नम्बरबाट फोन गरेर धम्क्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement