काठमाण्डु – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेश पुनः नामांकनका अभियन्तासँग संवाद गरेर संयुक्त आन्दोलन निर्माणमा जोड दिएका छन् ।
कोशी प्रदेशको नामांकन जातीय पहिचानका आधारमा गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरूसँग भेटेर डा. भट्टराईले संयुक्त आन्दोलनको आवश्यकता देखेका छन् ।
कोशी प्रदेश पुनःनामांकन आन्दोलनका अभियन्तासँगको भेटबारे सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘वर्तमान नेपाल राज्यको बहुराष्ट्रिय बनोटलाई ध्यान दिँदै विविध राष्ट्रियताहरूको मौलिक पहिचान र स्वायत्तताको अधिकारसहित दरिलो संघीय पुनर्संरचना गर्ने ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको घोषित लक्ष्य अनुरूप वर्तमान अपूर्ण संघीय प्रणालीलाई पूर्णता दिन सबै राष्ट्रियताका अग्रगामी शक्तिहरूको संयुक्त आन्दोलन निर्माण गर्नुपर्ने कुरामा जोड ।’
प्रतिक्रिया