विश्वप्रकाशले बाबुरामको बौद्धिकता जाँचेपछि…


काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा डा. भट्टराईले आफूहरूको पार्टी कम्युनिस्ट र कांग्रेसभन्दा फरक रहेको बताएका थिए ।

डा. भट्टराईको उक्त अभिव्यक्तिप्रति प्रवक्ता शर्माले बिहीबारै ट्वीट गर्दै कम्युनिस्ट विचारधाराले मुलुक समृद्ध नहुने आशयलाई भट्टराईको वौद्धिकतसँग तुलना गरेका छन् ।

‘त्यो बाटो हिँडेको ४० वर्षपछि उहाँले भन्नुभयो कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ, यो बाटो परित्याग गर्दछु,’ शर्माले ट्वीट गरेका छन्, ‘यति बुझ्न त्यति वर्ष लगाउने उहाँको बौद्धिकता कति ‘लायक’ को ? प्रश्न गर्न चाहिनँ ।’

भट्टराईको भनाइप्रति प्रवक्ता शर्माले जवाफ दिंदै ट्वीटमा प्रश्न गरेका छन्, ‘बरु नम्रसँग भन्छु, बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता मर्न नदिने कि डा.सा’ब ?’

बैठकमा डा. भट्टराईले कांग्रेस नैतिक रूपमा पतन भएको आरोप लगाउँदै ठूलाठूला भ्रष्टाचारमा कांग्रेसले आवश्यक खोजविन नगरेको र अनावश्यक ढाकछोप गर्न खोजेको भन्दै भट्टराईले कांग्रेसको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement