निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले मैले लगाएको गुन बिर्सिए: बाबुराम भट्टराई


काठमाण्डु: नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बताएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाण्डुको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने बताएका हुन् ।

‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भने, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

भट्टराईले प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको उनले गुनासो गरे ।

‘प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौँ । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढंगले जान्छौं, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement