कोरोनाको वेला अक्षमता लुकाउन शासकले पपुलिज्मको आड लिएः बाबुराम भट्टराई


काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई कोरोनाका बेला आफ्नो असक्षमता लुकाउन पपुलिज्मको आड लिएको आरोप लगाएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले संसारका शासकलको उदाहरण दिँदै नेपालमा पनि त्यो खतरा रहेको औंल्याएका हुन् ।

‘कोरोनाको वेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन् । नेपालमा पनि त्यो खतरा बढ्दैछ । त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाऊँ । पहिलो, कसैको ज्यान नजाओस्, दोश्रो, कोही भोको नरहोस् । तेश्रो,कोही विदेशमा अलपत्र नपरोस् । चौथो,शिक्षा । पाँचौ,रोजगारी ।’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement