ओली राष्ट्रपति र सेना कब्जामा लिएर देशमा फासिवाद लाद्ने बाटोमा छन्ः बाबुराम भट्टराई


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि राष्ट्रपति,अदालत,अख्तियार, सेना कब्जामा लिएको आरोप लगाएका छन् ।

बुधबार राती ट्वीटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री अ‍ोली विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फाँसिवाद लाद्ने बाटोमा लागेको आरोप लगाएका छन् ।

बिपी स्मृति दिवसको अवसरमा डा. भट्टराईले प्रधानमन्त्री अ‍ोलीअहिले को सपना पूरा गर्न हैन हाम्रो पुस्ताले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ध्वंसगर्न उद्धत रहेको आरोप लगाएका छन् ।

‘ओली राष्ट्रपति,अदालत,अख्तियार,सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा छन् । नझुकौं,लडौं’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement