बाबुराम भट्टराई जनता समाजवादी पार्टीको अध्यक्षमा चयन


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी एकताताका गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement