नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएः बाबुराम भट्टराई

नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ’, उनले भनेका छन् ।

डा. भट्टराईले सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा केपी शर्मा ओली पुनः चतुर सावित भएको बताएका छन् ।

‘सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्’, उनले भनेका छन्, ‘अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं ।’