डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’उनले भनेका छन्, केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement