माधव नेपाल र बाबुराम भट्टराईबीच कोटेश्वरमा भेटवार्ता


काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न आज अपरान्ह भट्टराई उनकै निवास कोटेश्वर पुगेका हुन् । यद्यपी उनीहरुबीच के कुराकानी भयो भन्नेबारे खुलाईएको छैन । पार्टी एकताको पक्षमा एमाले शीर्ष तथा दोस्रो तहका नेताले आव्हान गरिरहेको बेला नेपाल र भट्टराईबीच छलफल भएको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका पक्षमा विज्ञप्ति निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेता नेपाललाई भेट् बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला माधव नेपाल विपक्षी गठबन्धन र आफ्नै समूहको दबाबमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement