सरकारले एकपछि अर्को गर्दै संविधान विपरितका कार्य गरिरह्योः बाबुराम भट्टराई


काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले दिगो विकासको अवधारणालाई समेटन नसकेको पनि बताए । सरकारले संघीयता प्रतिकूल हुने गरी कानुन निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति जनाए । उनले सांसदहरुलाई ६ करोड रुपैयाँ दिने सरकारको कार्यक्रमले पनि मुलुकलाई अघि बढाउन योगदान दिन नसक्ने दावी गरे ।

उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement