मृतक केसीले लेखेको सुसाइड नोट भेटियो, अशं थोरै पाइयो भनेर चिन्ता नगर्नू


काठमाडौं – मंगलबार बिहान सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका नायब सुब्बा बच्चु केसीले लेखेको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । उनले विष सेवन गरेर कार्यालयमै आत्महत्या गरेका हुन् ।

अपराधस्थलमा खटिएका एक प्रहरीका अनुसार मृतक केसीले श्रीमतीको नाममा सुसाइड नोट लेखेका छन् । उनले नोटमा लेखेका छन्, ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू । मैले कसैका कारण आत्महत्या गरेको होइन । मैले मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष छैन्, पत्रकार वा अन्यले अर्को गलत अर्थ नलगाउनु ।’

केसीको शवसँगै सलफस नामक विषादीको बट्टा र केराको बोक्रा पनि भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए । घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका बासिन्दा हुन् । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement