पराजित शक्ति सरकार असफल बनाउन लागे : गृहमन्त्री थापा


सर्लाही–गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताएका छन्।

दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उनले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताए।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ,’ उनले भने। थापाले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्ने बताए।

‘विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ,’ उनले भने, ‘हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement