गृहमन्त्रीको पुत्रमोहः छोरा प्रतीक स्वकीय सचिवमा नियुक्त, अरू को–को छन् सचिवालयमा?


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मा पुत्र मोह झल्किएको छ। १४ फागुनमा गृहमन्त्री बनेका बादलले आफ्नै छोरा प्रतीक थापालाई स्वकीय सचिवमा नियुक्त गरेर ‘पुत्रमोह’ देखाएका हुन्।

१४ फागुनको बेलुका पदभार ग्रहण गर्दै गृहमन्त्री बादलले अध्यागमनको नीति बनाउने र गृहप्रशासन सुधारका लागि कार्यदल गठन गर्ने निर्णय मात्र गरेनन् सुरक्षाकर्मी र गृहप्रशासनलाई विश्वकै नमूना बनाउने सोच रहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरे।

तर, बादलले सचिवालय गठन गर्दा स्वकीय सचिवमा अच्युत पन्तसहित छोरा प्रतीकलाई नियुक्त गरेका हुन्।

बादलले प्रेस संयोजकमा किरण भट्टराईलाई नियुक्त गरेका छन्। बादलले आफ्नो सचिवालयमा आफ्ना गुटकालाई मात्र नियुक्त गरेको चर्चा माओवादी वृतमा छ ।

बादल ती नेता हुन् जाे  पार्टीभित्र नाताबाद, परिवारबाद बढेकाे भन्दै आलोचना गर्थे। पार्टीकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यतिखेर  छोरालाई सचिवालयमा नियुक्त गर्दा विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement