गृहमन्त्री थापालार्इ भेटे बेलायती र कतारी राजदूतले: बेलायती सेनामा कार्यरत नेपालीबारे चासाे


काठमाडाैं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका बेलायति राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको  थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीका केही समस्या रहेको भन्दै सो बारे चासो व्यक्त गरे। राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रतर रुपमा विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताए।  उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताए।

राजदूत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तालीम र उपकरणलगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको बताए।

यसैगरी  कतारका राजदूत  मोहम्मदसँग भएकाे भेटमा  नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग उनले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरे।

राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतार कूटनीतिक सम्बन्ध भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरे।

उनले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षागार्डमा ठूलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement