बदाम सर्भ गर्दा साढे ५ लाखको जरिवाना


एजेन्सी – बेलायतको एक भारतीय रेँष्टुरामा एक किशोरीलाई बदामको खाना दिएकोमा ३ हजार ७६७ पाउन्ड करिब ५ लाख ६० हजार रुपैयाँको जरिवाना लगाइएको छ । भारतीय रेष्टुरामा जुन किशोरीलाई बदाम खुवाइयो, उनलाई ड्राइ फ्रुट्ससँग एलर्जी थियो ।

डेली मेल अनलाइनको रिपोर्ट अनुसार न्यूक्यासलको टाइनमाउथमा हरेको रेष्टुराँ गुलसनका कर्मचारीले १६ वर्षकी किशोरीलाई खाना दिएका थिए र उसको परिवारलाई यो खाना सुरक्षित भएको भरोसा पनि दिलाएका थिए ।

केही मात्रामा खाना खाएपछि किशोरीलाई एलर्जीका कारण जिब्रोमा झनझनाहट हुनुका साथै सुन्निएको पनि थियो । किशोरीलाई नर्थ टाइनसाइड जनरल हस्पिटल तथा पछि पुन त्र्mयामलिङटनमा नर्थ्म्ब्रिया स्पेशलिस्ट इमरजेन्सी केयर हस्पिटलमा लगिएको थियो ।

स्थानीय प्राधिकरण खाद्य सुरक्षा दलका अधिकारीले चिकन करीको अवशेषको परिक्षण गरे । यसमा एक हदसम्म बदामको प्रोटिन पाइयो । जसले ड्राइप्रूmट एलर्जीबाट पीडित कुनै पनि व्यक्तिमा समस्या ल्याउन सक्थ्यो ।

रेष्टुरामा गरिएको जाँचपछि कयौ किसिमको लापरवाही पनि पाइयो । यसपछि यसका मालिकलाई ३ लाख ६० हजार रुपैयाँँको जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement