वर्षा र पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

वर्षा र पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बैशाख १२ र १६ गतेको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।

बाढी र पहिरोले अवरुद्ध भोजपुर नगरपालिका ५ बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाँउपालिका ३ जलथलेस्थित बेनी जोमसोम सडकखण्ड र लमजुङ मध्यनेपाल नगरपालिका १० विमिरेभन्जयाङस्थित मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् ।

पूर्ण रुपमा अवरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइए पनि सिन्धुपाल्चोक भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा भने सञ्चालन हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

साथै,वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।